‘काँग्रसले जिते मात्र बिकास र सम्बृद्धी सभंव’

by समतल अनलाइन

भैरहवा।आगामी मसिंर ४ गते हुने सघिंय र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्र देशको समग्र बिकास आर्थीक सम्बृद्धी सम्भव रहेको औल्याइएको छ ।

बिगत देखीनै प्रत्येक परिवर्तन र बिकास कांग्रेसको नेतृत्वमा भएको र अव पनि सघिंयतालाई संस्थागत गर्दै मुलुकलाई आर्थीक, सामाजीक बिकासको दिगो पन दिन कांग्रेसलाई जिताउनुु पर्ने औल्याइएको हो । नेपाली कांग्रेस रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको महामानव बिश्वेश्वर प्रसाद कोईरालाको १०९ औ जन्मजयन्ती तथा जनताको साथमा कांग्रेस अभियान समापन कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेस जनातको पार्टी भएको सधै जनाको साथमा रहने बताउनुु भयो ।

उहाँले बिपीको स्मरण गर्दै अहीले पनि बिपीको बिचार र योगदानलाई नयाँ पीडीसम्म पुर्याउनुु पर्ने बताउनुुभयो । पार्टी भित्र मतमतान्तर हुनुु स्वभावीक भए पनि बिपक्षीलाई बल पुुग्ने गरी र पार्टीलाई नै क्षती हुने गरी कसैले कुनै कृर्याकलाप गर्न नहुनेमा जोड दिनुुभयो । उहाँले गठबन्धनको सविधान, लोकतन्त्रको रक्षाकालागी बाध्यात्मक भएको भन्दै यसलाई सवै कार्यकर्ता र शुुभेच्छुकले सहज रुपमा आत्मसात गर्नुु पर्ने बताउनुु भयो । त्यस्तै केन्द्रीय सदस्य गंगा साहीले जनताको दुुःख सुखमा सधै कांग्रेस रहदै आएकाले जनताले पनि विस्वास गर्दै आएको बताउनुुभयो । उहाँले जनविस्वासलाई कमी आउन नदीन सवै नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा जानुु पर्ने बताउनुु भयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिपीले नेपालको राजनीती र साहित्य क्षेत्रमा ठुलो योगदान पुुर्याएको भन्दै कांग्रेसकै नेतृत्वमा भएका परिबर्तनबाट जनताहरु मलिक बन्ने अवसर मिलेको बताउनुु भयो । उहाँले आगामी मसिंरमा हुने निर्वाचनमा सवै एक ढिक्का भएर कांग्रेसलाई जिताउन लाग्नुु पर्ने बताउनुु भयो ।

पुर्व जिल्ला सभापति रामचन्द्र ढकालले विपीको बिचारलाई आत्मसात गरेर अगाडी बढे कांग्रेसले कहीले नहार्ने बताउनुु भयो । कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पुुस्पा थरुनी, कांग्रेस लुम्बिनी प्रदेशका समहामन्त्री निमा गीरी, जिल्ला उपसभापति थानेश्वर घिमीरे, सचिव हरी काफ्ले, कञ्चन गाउँपालीकाका प्रमुख नवराज ढकाल, क्षेत्रीयस भापति शुुशिल गुुरुङ्ग, उपसभापति रामबहादुर थापा, कागं्रेस बुटवल उपमहानगरपालीकाका कार्यबहाक अध्यक्ष ज्योती भण्डारी लगाएतले बोल्नुु भएको थियो ।

 
 
  
 

You may also like