बुटवल उप-महानगरपालिकाद्वारा ३ दिनभित्र सडक-फुटपाथ खाली गर्न निर्देशन

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र सडक-फुटपाथ खाली गर्न आग्रह गरेको छ ।सडकमा राखिएका निर्माण सामागी, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन तीन दिनको म्याद दिएको हाे ।

उपमहानगरका अधिकृत डाेलराज पाैडेलद्वारा हस्ताक्षरित सूचना जारी गर्दै ३ दिनका म्याद दिएर सडक तथा फुटपाथ खाली गर्न आग्रह गरेको छ ।

‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्क देखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निमार्णसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ ।’–जारी सूचनामा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like