सहेलीले मनायो रजत जयन्ती

by समतल अनलाइन

बुटवल । बुटवलको अमरपथमा संचालीत सहेली व्युटि क्लिनिक तथा इन्ष्टिच्युटले स्थापनाको रजत जयन्ती मनाएको छ । सहेलीले बुटवलमा एक कार्यत्रमको आयोजना गरी व्युटी क्लिनीकको स्थापनको २५ औ बर्षको अवसरमा रजत जयन्ती मनाएको हो ।

बिक्रम सम्वत २०५२ सालमा बुटवलको अमरपथमा स्थापना भएर संचालनमा आएको सहेलीले व्युटी पार्लर सम्बन्धी कार्य गर्नुका साथै व्युटी पार्लर सम्बन्धी तालिमको सेवा प्रदान गर्दै आएको छ । स्थापनाको लामो समय देखी निरन्तर सेवा प्रदान गर्दै आएको सहेली श्रृंगार तथा श्रृगार सम्बन्धी तालिम लिन चहानेहरुको पहिलो रोजाई बन्न सफल भएको पार्लरकी संचालीका पार्वती सेन्चुरीले जानकारी दिइन ।
स्थापनाको समयमा समाजमा पार्लर सम्बन्धी व्यवसायलाई फरक नजरले हेर्ने गरिन्थ्यो । तर पछिल्लो समय व्युटी पार्लरले महिलाहरुलाई आत्मनिर्भर बनाउदै लैजानुका साथै आम्दानीको स्रोतको रुपमा बिकास भएको उनको भनाई छ । उनले बुटवलमा २५ बर्ष अगाडी स्थापना भएको सहेलीले एकै परिवारका दुइ पुस्तालाई श्रृगांर गर्न सफल भएको बताईन ।

सहेलीले रजत जयन्तीको अवसर पारेर विभिन्न व्यक्ति तथा सस्थाहरुलाई सम्मान समेत गरकेो छ । रजत जयन्तीको अवसरमा आयोजीत कार्यक्रमलाई उद्घाटन गर्दै बुटवल उपमहानगरपालीका वडा नम्बर ५ का निर्वतमान वडा अध्यक्ष तेज प्रसाद सेन्चुरीले व्युटी पार्लर व्यवसाय महिलाहरुको लागी आत्मनिर्भर हुने माध्यमको रुपमा स्थापीत भएको बताए ।

कार्यक्रममा भैरहवा क्षेत्रको पहिलो व्युटी पार्लर व्यवसायी बरिष्ठ व्युटिसियन हनी गुरुङ्गले बिगतका तुलनामा पछिल्लो समय पार्लर तर्फ महिलाको आर्कषण बढ्न राम्रो पक्ष भएको उल्लेख गरीन । भैरहवामा बिगत ४० बर्ष देखी आफुले पार्लर व्यवसाय संचालन गर्दै आएको बताउदै उनले व्युटी व्यवसायीहरुले अन्य व्यवसाय सरह राज्यलाई कर तिर्दै आएपनि राज्यको ध्यान पार्लर व्यवसाय तर्फ जान नसकेकोमा दुख व्यक्त गरिन ।

सहेली व्युटी क्लिनिक तथा तालिम केन्द्रकी संचालीका पार्वती सेन्चुरीको अध्यक्षतामा भएको रजत जयन्तीमा पार्वतीका बुबा उमाखर सेन्चुरी, आमा मनकुमारी सेन्चुरी, दाजु तेज प्रसाद सेन्चुरी, बरिष्ठ व्युटिसियन जेनी श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

 
 
  
 

You may also like