बुटवलमा कार्डियो ग्रुप वर्कआउट सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवलमा शनिबार वृहद कार्डियो गु्रप वर्कआउट कार्यक्रम भएको छ । रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थाहरुले मानवस्वास्थय र शरिर फुर्तिलो पार्नका लागि कार्डियो गु्रप वर्कआउट कार्यक्रम गरेका हुन् ।

बुटवलमा रहेको लायन्स क्लव अफ बुटवल मणिउजेश, मिलिजुली महिला तथा बालबालिका संरक्षण समुह, बुटवल र होटल द केभ गार्डन, सैनामैनाले विभिन्न सामाजिक संस्थाको सहयोगमा न्यु होराईज स्कुलमा कार्डियो गु्रप वर्क आउट कार्यक्रम गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका लुम्विनी प्रदेश सभापति अमर सिह पुनले स्वास्थ्य शरिरका लागि कसरत र योग आवश्यक भएको बताउनुभयो । उहाँले समयसमयमा गरिने यस्ता सामुहिक योग व्यामले मानव शरिर स्वस्थ रहन मद्दत पुग्ने बताउनुभयो ।

मिलिजुली महिला तथा बालबालिका संरक्षण समुहका अध्यक्ष सावित्रा टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, लायन्स ईन्टरनेशनका डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, लायन्स क्लव अफ बुटवल मणि उजेशका सचिव पुष्पा कंडेल, होटल द केभका नवराज पन्थी, एसियन डायनोष्टिक सेन्टरका विनीत रेग्मी लगायतले मानव जीवनमा योग, ध्यान र व्याम अतिनै आवश्यक भएकाले बुटवलमा भएको एकदिने कार्डियो वर्कआउटले स्वास्थ शरिरका लागि महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । शनिबार बिहान भएको उक्त कार्डियो गु्रप वर्कआउट कार्यक्रममा रुपन्देही र आसपासका जिल्लाका गरि ७ सयले सहभागिता जनाएको लायन्स क्लव अफ मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो ।

गु्रप वर्कआउटमा द व्यामशाला इटहरीका संचालक अनुप सुवेदी र ममता प्रसार्ईले सहजिकरण गर्नु भएको थियो । सोहि अवसरमा एशियन डायनोष्टिक सेन्टरले गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ११० जनाले मधुमेहको परीक्षण गरेको मणि उजेशका अध्यक्ष डाक्टर शर्माले बताउनुभयो ।

 
 
  
 

You may also like