बोर्डले शो दिँदैन, नीति निर्माण गर्छ : भुवन केसी

by समतल अनलाइन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको सिनेमालाई हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिन आग्रह गरेका छन् ।

‘सम्हालिन्छ कहिले मन’को प्रिमियर शो पछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्ने गलत बुझाई कतिपयमा रहेको भन्दै बोर्डले शो दिने नभइ नीति निर्माणमा मात्रै काम गर्ने बताए ।

बोर्डकै कारण कुनै फिल्मले शो धेरै र कुनैले कम पाएको भन्ने कुरा नबुझ्न उनको आग्रह छ । उनले चलचित्र विकास बोर्डले शो दिँदैन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्ने बताए । चलचित्र ‘प्रकाश’ ले शुरुमा कम शो पाउँदा त्यसमा भुवन केसीको हात रहेको भन्दै कतिपयले उनलाई सामाजिक सञ्जालमा गाली गरेका थिए ।

भुवनले कलाकारहरुले नै कतिपय ठाउँमा ‘प्रेम गीत-३’ का बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकाले सत्य बोल्न आग्रह गरे । उनले ‘प्रेम गीत-३’ ले नेपाली सिनेमाको ढोका मुम्बइमा खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताएका छन् ।

 
 
  
 

You may also like