कक्षा १२ को नतिजा उत्कृष्ट आएको अक्सफोर्डको दावी

by समतल अनलाइन

बुटवल । रुपन्देही बुटवलमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले २०७८ सालको कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

विद्यालयबाट परीक्षामा सहभागि भएका ७ सय ७८ जना विद्यार्थीहरूमध्ये ९० प्रतिशत विद्यार्थी उत्कृष्ट नतिजा ल्याएर उत्र्तीण भएको विद्यालयले बताएको हो ।

विद्यालयका सहायक प्राचार्य सुमन भुषालका अनुसार उत्र्तीण भएका ९० प्रतिशत विद्यार्थीहरूले माथिल्लो तहको कक्षामा अध्ययन गर्न पाएका छन् । यस्तै ब्यवस्थापन संकायतर्फ यस क्षेत्रमै उत्कृष्ट नतिजा आएको पनि विद्यालयले जनाएको छ । ब्यबस्थापन संकायतर्फ एलिना रायमाझीले ३ दशमलव ८१ जिपिए ल्याएको र यो अंक यस क्षेत्रकै उत्कृष्ट भएको सहायक प्राचार्य भु्षालले दावी गर्नुभयो । यस्तै ब्यवस्थापन संकायतर्फनै सार्थक न्यौपानेले ३ दशमलव ७६ जिपिए र राजश्री तिवारीले ३ दशमलव ७१ जिपिए ल्याएको उहाँले बताउनुभयो । यस्तै विज्ञान संकायतर्फ मिना खनालले ३ दशमलव ९० जिपिए ल्याएकी छन् ।

भुषालका अनुसार यस क्षेत्रमा उक्त नतिजा अब्बल रहेको बताउनुभयो । विद्यालयका प्राचार्य दिनेश भुषालले कुल विद्यार्थीहरमध्ये ३ दशमलव ६ जिपिए भन्दामाथि २० जना र ३ जिपिए भन्दामाथि ४०१ जना विद्यार्थीहरूले नतिजा प्राप्त गरेको बताउनुभयो । परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्येबाट माथिल्लो तहमा अध्ययन गर्ने अवसर पाउने नतिजा ल्याउने ९० प्रतिशत विद्य्रार्थी उत्र्तीण हुनु उत्कृष्ट नतिजा भएको दावी गर्नुभयो । विगतका वर्ष देखिनै शैक्षिक गतिविधिमा अब्बल रहदै आएको विद्यालयले शैक्षिक कृयाकलापलाई ब्यवस्थित बनाउदै लगेकाले गुणस्तरितामा अगाडिनै देखिएको भुषालको भनाई छ ।

 
 
  
 

You may also like