लौरो लिएका स्वतन्त्र उम्मेद्वार को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौं स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ । आज (बिहीबार) सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।

जसअनुसार काठमाडौं -५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं -८ मा सुमन सायमी र काठमाडौं -९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर -२ मा दरोस्तभ लोकेन्द्र, कास्की -२ मा सिरिष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही -५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

 
 
  
 

You may also like