अन्तर विद्यालय छात्र तथा छात्रा फुटवलको उपाधिका लागि स्मृति र स्कलर्स होम भिडने

बुटवल । बुटवलमा जारी क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को जिल्लास्तरीय छनौटमा स्मृति बोर्डिङ्ग स्कुल र स्कलर्स होम बो स्कुल फाईनलमा प्रवेश गरका छन । एन्फा टेक्निकल सेन्टर, बुटवल देवीनगरमा आज भएको पहिलो सेमीफाईनल खेलमा स्मृतिले सिद्धार्थ ई बो स्कुललाई ४–० गोल तथा स्कलर्स होम स्कुलले फर्साटिकर सिद्धार्थ माविलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि दाबदारी पेश गरेका हुन ।
शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा स्मृति बोर्डिङ्ग स्कुलले सिद्धार्थ बोर्डिङ्गलाई ४–० गोलले पराजित गरेको हो । स्मृतिको जितमा सदिप केसी नायक बने उनले खेलको १६ औ र ७० औ मिनेटमा दुई गोल गरेका थिए । खेलको १३ औ मिनेटमा विलास पुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५९ औ मिनेटमा प्रशान्त प्रताप सेनले अर्को गोल थपे । स्मृतिका सदिप केसी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
दोस्रो सेमीफाईनल खेलमा स्कलर्स होमको जितमा जुलेश थापाले खेलको १२ औ र ४३ औ मिनेट, बिज्ञान गुरुङ्गले २६ औ र ३१ औ मिनेटमा तथा जिवन राई मगरले खेलको ४५ औ मिनेटमा गोल गरेका थिए । स्कलर्सका राज पुनले खेलको ५० औ मिनेटमा आफनै पोष्टमा गोल गरेका थिए । फर्साटिकर सिद्धार्थका सुजल पौडेलले खेलको ६३ औ मिनेटमा गोल गर्दै अन्तरलाई कम गर्ने प्रयास गरे पनि खेलमा फर्कन सकेनन । खेलमा स्कलर्सका समिर मुखिया म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
आजै भएको छात्रातर्फको खेलमा सिद्धार्थ ई बो स्कुललाई १–० गोलले पराजित गर्दै शान्ति नमुना फाईनलमा प्रवेश गरेको छ । भने स्मृतिले जनज्योती माविमाथि ६–० गोलको फराकिलो जित निकाल्दै उपाधि दाबेदारी पेश गरेको छ ।
फाईनल खेल पर्सी आईतबार दिउसो हुने रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताए । प्रतियोगितामा प्रथम हुने एक टिमलाई नगद ३० हजार, ट्रफि, पदक र प्रमाण पत्र, द्वितीय टिमलाई नगद १५ हजार, ट्रफि, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन । यसैगरि प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट हुने गोलकिप्पर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र हाईस्कोररलाई नगद दुई हजार, कपबाट पुरस्कृत गरिनेछ । छात्रातर्फ उपाधि विजेता टिमलाई नगद दश हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेतालाई नगद पाँच हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी र ५ गोल भन्दा बढी स्कोर गर्नेलाई नगद दुई हजारबाट पुरस्कृत गरिनेछ ।

 
 
  
 

You may also like