३८ क्विन्टल सुन तस्करी प्रकरणः गोल्यानबाहेक आरोपीलाई थुनामा राख्ने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै आज(शुक्रबार) यस्तो निर्णय सुनाएको हो । सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यानलाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

दुई साता लामो बहसपछि गत मंगलबार निर्णय सुनाउने मिति तोकिएको भएपनि आदेश लेख्न नभ्याउँदा निर्णय शुक्रबार सुनाइएको हो ।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्विकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर हुँदै सर्वोच्चमा पुगेका थिए ।

सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २८ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो ।

Share this:

 
 
  
 

You may also like