अन्डरग्राउण्ड पार्किङका पसल हटाउन प्रहरीसहित बानेश्वर पुगे मेयर बालेन्द्र

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन शुरू गरेको छ । पसल हटाउन मेयर बालेन्द्र साह प्रहरीसहित बानेश्वर क्षेत्रमा आफैं पुगेका छन् । अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराइएको छ ।

नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।

३५ दिने म्याद सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही थालेको हो ।साउन तेस्रो साता मेयर साहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए । मेयर साहले यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग पनि सल्लाह गरेका थिए ।

 
 
  
 

You may also like