लेवनडोस्कीको डेब्यु लिग गोलमा बार्सिलोनाको जित

by समतल अनलाइन

म्याड्रिड । रोबर्ट लेवनडोस्कीले गरेको पहिलो प्रतिस्पर्धात्मक गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल सोसिडाडलाई ४-१ को गोलान्तरले पराजित गरेको छ । उनको यो लिगमा डेब्यु गोल हो ।

नयाँ सिजनमा बार्सिलोनाको यो पहिलो लिग जित पनि हो । यसअघि बार्सिलोनाले रायो भाल्कानोविरुद्ध गोलरहित बराबरी खेलेको थियो । पोलिस स्ट्राइकरले ४७ औं सेकेण्डमा पहिलो गोल गरेपछि ६८ औं मिनेटमा दोस्रो गोल पनि थपे ।

बार्सिलोनाका लागि ओसमन डेम्बेला र अन्सु फाटीले पनि गोल गरे । आइतबारको अर्को खेलमा एटलेटिको म्याड्रिडलाई भने भिल्लारियलले २-० गोलअन्तरले पराजित गर्‍यो ।

यो जितपछि भिल्लारियल दुई खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एथलेटिको बिलबाओले भ्यालेन्सियालाई १-० गोलान्तरले पराजित गरेको छ ।

 
 
  
 

You may also like