रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटीद्वारा वृक्षरोपण

by समतल अनलाइन

बुटवल । रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-०१ स्थित शंकरनगर स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

रोटा वर्ष २०२२-२३ का अध्यक्ष सन्तोष पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा-०१ का नवनिर्वाचित वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा ड्राइभर टोल प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक कमल भण्डारी तथा क्लबका संस्थापक अध्यक्ष कमल भण्डारीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरिले युवा साथीहरूमा देखिएको यो सामाजिक चिन्तनले आफूलाई निकै खुसी लागेको अभिव्यक्ति दिए । रुखको महत्व झल्काउदै उनले रोपेका विरुवाहरूको हेरचाह गरिरहन पनि उत्तिकै आवश्यक रहेकाले समय समयमा आई सरसफाई, पानी हाल्ने जस्ता गतिविधिहरू पनि गरिराख्न आग्रह गरे । साथै, उनले आगामी दिनहरूमा यस्ता सामाजिक गतिविधिहरूमा अझै पनि लागिपर्न अनुरोध गर्दै आवश्यकता मा सहयोगको लागि वडा सधै तत्पर रहेको बताए ।

यस्तै कार्यक्रममा ड्राइभरटोल प्रहरी कार्यालयका प्रमुख कमल भण्डारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै उनले, यो उमेर समूहको युवाहरू यस्ता काममा सक्रिय रहेको देख्दा निकै खुसी लाग्ने बताए । यस्तै, कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल भण्डारीले पनि रुखको महत्व सहितको मन्तव्य राखेका थिए, साथै समयसमयमा आई विरुवाको हेरचाह गर्न पनि आग्रह गरे ।

कार्यक्रममा पिपल, धुपि, असोका जस्ता विरुवाहरू रोपिएको थियो । प्रदिप ज्ञवालीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक तथा रोटा वर्ष २०२२-२३ का सचिव प्रशान्त ज्ञवालीले गरेका थिए ।

 
 
  
 

You may also like