अफगानिस्तानसँगको क्रिकेट श्रृङ्खलामा आयरल्याण्डको जित

by समतल अनलाइन

काठमाडौँ । अफगानिस्तानसँगको पाँच खेलको टी-२० क्रिकेट श्रृङ्खला आयरल्याण्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्याण्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै ५ खेलको श्रृङ्खलामा आयरल्यान्ड ३-२ ले विजयी भएको छ । आयरल्याण्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो ।

 
 
  
 

You may also like