साउनको २८ दिनमै बैंकहरूबाट बाहिरियो एक खर्ब २० अर्ब निक्षेप

by समतल अनलाइन

काठमाडौँ । साउन महिना लागेयता वाणिज्य बैंकहरुबाट ठूलो मात्रामा निक्षेप रकम बाहिरिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउनको २८ दिनमा मात्रै कुल एक खर्ब २० अर्ब रुपैयाँ बाहिरिएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउनको २७ गतेसम्म आउँदा ४४ खर्ब २१ अर्बमा झरेको छ ।

ठूलो मात्रामा निक्षेप रकम बाहिरिरहँदा बैंकिङ प्रणालीमा तरलताको चरम संकट सिर्जना भएको छ । साउनको प्रत्येक साता निक्षेप घटेको छ । साउनको पहिलो साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता २५ अर्ब निक्षेप घटेको छ ।

सो ४ साताको अवधिमा बैंकहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन २८ गते पनि त्यति नै कायम भएको छ ।

 
 
  
 

You may also like