बुटवलको एक होटलमा युवा-युवती मृत अवस्थामा फेला

by समतल अनलाइन

बुटवल । बुटवलको एक होटलमा युवा युवती मृत अवस्थामा फेला परेका छन । बुटवलस्थित फुलबारीमा रहेको कारीकोट होटलको एक कोठा एक युवक र युवती मृत अवस्थामा फेला परेका हुन ।

धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताएका छन ।

प्रहरी निरीक्षक घिमिरेले भने–‘ युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए ।

उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।

 
 
  
 

You may also like