यू-२३ नेपाली टोलीले म्यानमारको टोलीसँग बराबरी खेल्यो

by समतल अनलाइन

काठमाडौं । नेपाली यू २३ टोलीले म्यानमारको उमेर समूहको फुटबल टोलीसँग बराबरी खेलेको छ । गएराति कतारको दोहामा सम्पन्न मैत्रीपुर्ण खेलमा नेपाली यू-२३ टोलीले म्यानमारको सोही उमेर समुहको टीमसँग २\२ को बराबरी खेलको हो ।

दुई पटक सम्मको अग्रतालाई जोगाउन नसक्दा शुक्रबारको मैत्रीपूर्ण खेलमा नेपालले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

म्यानमारका बिरुद्ध नेपालका तर्फबाट रेजिन सुब्बा र अनन्त तामाङले एक\एक गोल गरे । त्यसैगरी म्यानमारका तर्फबाट ल्विन मोइ औङ आँफैले दुईगोल गरेका थिए । नेपालल
खेलको दोस्रो मिनेटमैगोल गर्न सफल भएका थिए । उनले कप्तान सुजल श्रेष्ठले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेड गोल गरेका थिए ।

सुरुमा अग्रता लिएतापनि त्यो लामो समय टिकेन । ४० औं मिनेटमा म्यमन्मारका ल्विनले गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरी भएको थियो ।

त्यसैगरी खेलको दोस्रो हाफमा नेपालका तर्फबाट खेलको ६० औं मिनेटमा नेपालका तर्फबाट रेजिन सुब्बाले दोस्रो गाले गरेका थिए । तर पुन म्यान्मारका तर्फबाट ६४ औं मिनेटमा ल्विनले फ्रिकिकमार्फत गोल गरेर खेल बराबरीमा बनाएका थिए ।

यसपछि दुवै देशका खेलाडीहरुले राम्रो अवसर पाएपनि कुनै टिमले गोल गर्न सकेनन् । अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका स्वरुप नेपाली यू २३ टोलीले म्यानमार सँग खेलेको हो ।

 
 
  
 

You may also like