आजको राशिफल : कात्तिक ०९, शनिबार

by समतल अनलाइन

वि.सं.२०७६ साल कात्तिक ०९ गते । शनिबार । ईश्वी सन् २०१९ अक्टोबर २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि त्रयोदशी,१९ घडी ५२ पला,दिउसो ०२ बजेर ०८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरफाल्गुनी,०३ घडी २१ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त हस्त । योग वैधृति,५१ घडी ४५ पला,रातको ०२ बजेर ५३ मिनेट उप्रान्त विष्कुम्भ । करण वणिज,दिउसो ०२ बजेर ०८ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ५८ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २८ घडी ०१ पला । यम–पञ्चक (तिहार), कागतिहार। काकबलि। धन्वन्तरीजयन्ती। स्वन्ति चस्ह्रे पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हँुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायबाट घाटा लाग्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमा सँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारी व्यवासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ । समाजसेवामा तथा राजनितिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नुनै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनाबस्यक बिषयमा बिवाद हुने तथा टाडिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यावसायबाट भनेजस्तो आम्दानि भएपनि अन्य व्यावसायमा मन्दि आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानि गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नया काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । लामो दुरिको यात्राको सम्भावना रहेपनि यात्राका क्रममा ध्यान दिनुहोला झन्झट हुन सक्छ । पढाई लेखाईमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेकोछ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केहि लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनाबश्यक ढिला सुस्तिको चपेटामा परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानि गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।

 
 
  
 

You may also like