टोल विकास संस्था विकासको आधारशिला हो : सैनामैना नगर प्रमुख फणेन्द्र शर्मा

by समतल अनलाइन

सैनामैना।ईन्द्रेणी टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिक र जनप्रतिनिधि सम्मान सहित साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका भएसँगै सैनामैना भित्र विभिन्न टोल विकास संस्थाको स्थापना भएको हो, यसै क्रममा सैनामैना नगरपालिका वडा नम्बर दुई उत्तर झारबैरामा रहेको ईन्द्रेणी टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान सहित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रहेका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले टोल विकास संस्था विकासको आधारशिला हो, पहिला नगरबाट दिइने बजेट भन्दा अहिले हामीले दोब्बर बनाएर दिएका छौ, सरसफाइ, विधालय, बाटो, पानि, नालाको कुरा उठाउने भएको छ त्यो एकदम राम्रो र सहि कुरा हो, विकास खोज्ने, चाहियो भन्ने तर सहभागिता गर्न पर्यो भने एक बित्ता बाटो, कुलोको लागि जग्गा दिन पर्य गरो नमान्ने अनि कसरी विकास हुन्छ । अहिले सैनामैनाको मुख्य समस्या भनेको सुकुम्वासी समस्या हो त्यसको लागि म लगाएत नगरपालिका नै दिन रात एक गरेर लागि रहेको छ,
विकास भनेको निरन्तर चलिरहने हो हिजोका जनप्रतिनिधिले गरेका राम्रो कामको निरन्तरता संगै नगरलाई देशकै उत्कृष्ट नगर गराउनको लागि टोलमा भएका खालि जग्गामा फलफूलका बिरुवा लगाउनुहोस् जस्ले वातावरणमा राम्रो गर्छ र हामो आउने सन्ततिलाई स्वास्थ्य रहन सहयोग पनि गर्नेछ ।
नयाँ आउने कार्यसमितिलाई सफल कार्यकालको शुभकामना सहित नगरकै उत्कृष्ट टोल बनोस भने सुभेच्छा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि रहेकी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले ८० देखि ३०० घर धुरीलाई एउटा टोल विकास संस्थाको मापदण्ड राखेर स्थापना गरे संगै अहिले सैनामैनामा ११७ ओटा टोल विकास संस्था रहेको जानकारी समेत गराउनु भयो । आगामी दिनमा टोललाई नगरबाट प्राथमिकताका साथ अर्थिक सहयोग र टोलको फोहोरलाई राम्रोसंग व्यवस्था गर्ने समेत बताउनुभयो ।

कार्यक्रमको अतिथि वडा नम्बर २ अध्यक्ष अम्मर बहादुर कडेलले यो टोल सुविधा सम्पन्न भएता पनि विशेषत डुवानको समस्या रहेको र यसलाई योजना बनाएर यस्को निचोड निकाल्ने प्रतिबद्धता समेत जाएर गर्नु भएको छ।

कार्यक्रममा ईन्द्रेणी टोल विकास संस्थामा आबद्ध २८ जना जेष्ठ नागरिक, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रम ईन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष पशुपति घिमिरेको अध्यक्षता र संस्थाका सचिव कृष्ण ज्ञवाली संचालनमा एवम् संस्था कि सदस्य हुमकला अर्यालले जनचेतना मुलक कविता वाचन गरि कार्यक्रममा सबैलाई स्वागत गर्नु भएको थियो ।

 
 
  
 

You may also like