एसईईमा होराइजनकाे उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रीय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा बुटवलको न्यू होराइजन माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयका अनुसार यस क्षेत्रमै शतप्रतिशत विद्यार्थीले कम्तिमा ‘बि प्लस’ नतिजा ल्याएका छन् । त्यस्तै जिल्लामा चार जीपीए ल्याउने पाँच जना विद्यार्थीमध्ये दुई जना होराइजनका रहेको विद्यालयले जनाएको छ ।

छात्रा स्प्रीया ढकाल र छात्र बिमर्श ज्ञवालीले चार जिपिए ल्याएको विद्यालयले जनाएको हो। विद्यालयबाट परीक्षामा तीन सय ६ जना विद्यार्थी सहभागी भएका थिए ।

 
 
  
 

You may also like