प्रदेश संसदलाई निशुल्क मुख स्वस्थ्य परिक्षण

बुटवल । लुम्बिनी प्रदेशका माननीय सदस्यहरुको निशुल्क दातमुख तथा गिजा परिक्षण गरिएको छ । आधुनिक समाज डेन्टल क्लिनिकको आयोजना तथा प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका माननिय, स्वकिय सचिव, मर्यादापालक, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको निशुल्क मुख स्वस्थ्य परिक्षण तथा परामर्श शिविर आयोजना गरेको हो । प्रदेश सभामुख पुर्ण बहादुर घर्तिको दातमुख तथा गिजा परिक्षण गरि शिविर सुभारम्भ गरिएको हो ।

सभामुख घर्तिले अन्य स्वस्थ्यभन्दा दन्त सेवा धेरै संवेदनशिल भएको बताए ।
कार्यक्रममा डेन्टलका अध्यक्ष अमृत भुषालले निति निर्माण गर्ने माननियहरुलाई सचेतना दिलाउने रुपमा शिविर गरिएको बताए । नेपाल जनसंख्याका ९५ प्रतिशत जनसंख्या कुनै न कुनै मुख स्वस्थ्यको समस्याबाट ग्रसित भएको भन्दै घरमै सामान्य उपचार गर्छन। बिस्तारै मुख क्यान्सरको जोखिम बढेको छ । दन्त शिविरमा सहभागीहरुलाई औषधीजन्य सामाग्री हस्तान्तरण गरिएको उनले बताए । डेन्टल अस्पतालका रुपमा विकास गरि डेन्टल एकेडेमी संचालन गर्ने लक्ष्य रहेको उनले बताए ।

दन्त सेवाबारे आम नागरिकमा सचेतना जगाउन जरुरी रहेको दन्त रोग विशेषज्ञ डा वर्षा थापाले बताईन। पछिल्लो समय क्यान्सरजस्ता जटिल रोगहरु रोक्न समयमा नै प्रत्येक ६–६ महिनामा जाँच आवश्यक रहेको उनले बताए । शिविरमा १ सय ५० बढि लुम्बिनी प्रदेशका माननिय, स्वकिय सचिव, मर्यादापालक, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको परिक्षण गरिएको थियो ।
रुपन्देहीका विभिन्न विद्यालयहरुमा शिविरबाट ५० हजार विद्यार्थीहरु लाभान्वित भएको तथा रुपन्देही, पाल्पा, गुल्मि, अर्घाखाँचीका स्थानिय तह, संघसंस्थासंग समन्वय गरि चलाईएको निशुल्क शिविरबाट ३० हजार ग्रामिण क्षेत्र स्थानियहरुले दन्तसेवा लाभ लिएको उनले बताए । हाल विशेषज्ञ चिकित्सक ३ जना, डेन्टल सर्जन ४ जना, हाईजनिस, प्राविधिक अन्य कर्मचारी गरि २० जना छन ।

 

 
 
  
 

You may also like