गुल्मीमा ट्याक्टर दुर्घटनाबाट खसेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् ।

तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालकलाई प्रहरी चौकी पौदी अमराईले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like