बालश्रम, मानव बेचविखन र यौन दुव्र्यवहार रोक्न सरकार गम्भिरः मन्त्री रेग्मी

बुटवल । नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालश्रम, मानव बेचविखन र यौन दुरब्यवहार रोकथाम तथा निर्मूल गर्न नेपाल सरकार गम्भिर रहेको बताएकी छन । अहिले पनि विभिन्न क्षेत्रमा बाल बालिकाहरुलाई श्रमिकको रुपमा काम गराउने कार्य भइरहेको भन्दै उनले विभिन्न बहाना बनाएर चेलीबेटीहरुलाई झुक्याएर देश भित्र र बाहिर बेचविखन गर्ने जघन्य अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताईन् ।
मन्त्री रेग्मीले बालश्रम र मानव बेचविखन सम्वन्धमा सबै सरोकारवाला र अन्तर मन्त्रालय र विभागहरुको समन्वय गरेर काम गर्नु पर्ने बताईन् । उनले यो समस्या समाधानका लागि सरकार विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्था, नागरिक समाज, प्राइभेट सेक्टर र संचार जगतसंग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताईन् ।
बेस संस्थाले काठमाण्डौमा आयोजना गरेको लुम्विनी प्रदेशमा बालश्रमिक, मानव बेचविखन तथा यौन दुरब्यवहारको अवस्था अनुसन्धानको निश्कर्ष जानकारी तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री रेग्मीले बालबालिकाहरुलाई श्रममुक्त बनाउने सरकारको काम र प्रगति तथा भावी योजनाहरु बारे पनि जानकारी गराईन् ।
इटा उद्योग, होटल ब्यवसाय र अन्य क्षेत्र जस्तै गलैचा फ्याक्ट्रीहरुमा धेरै बालश्रमिक काममा रहेको विभिन्न तथ्यांकले देखाउदै आएको छ । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राम सुवेदीले नागरिक समाज र स्थानीय संघ संस्थाले बालश्रम रोक्न विभिन्न कार्यक्रम गरेपनि सरकारले राम्रोसंग सहकार्य नगरेको गुनासो गरे ।
सो अवसरमा सिजय नेपालका राजेश शर्मा, आई.आई.डि.का राष्ट्रिय निर्देशक डा नहकुल के.सीेले
अध्ययनको सिमा क्षेत्र रहदा रहदै पनि सकभर अध्ययनले धेरै भन्दा धेरै भौगोलिक क्षेत्र र स्थानीयस्तरमा पुगेर बस्तुस्थिति र नीति नियमहरुको अवस्था कार्यान्वयनवारे पनि विवरण समेटेको बताए । कार्यक्रममा नेपाल बार एशोसियशनका उपाध्यक्ष आशा राई, मिसन नेपालका जस्मीन ओझा लगायतले अनुसन्धान बारे सुझाव राखेका थिए ।
यो अनुसन्धानमा आर्थिक सहयोग बेस संस्थाको ब्यवस्थापन तथा कैलाश सत्यार्थी फाउण्डेशनको सहयोगमा भएको थियो । अध्ययन त्रिभूवन विश्व विद्यालयका डा. केशव अधिकारी, डा. राम नारायण श्रेष्ठ र डा. नहकुल के.सी. संलग्न टोलीले गरेको थियो । अध्ययन टोलीले लुम्विनी प्रदेशको ७ वटा जिल्लाका १० वटा स्थानीय तहमा गएर अध्ययन अनुसन्धान गरेको थियो । कार्यक्रमका अध्यक्ष बेस संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी नेपाल बधुँवा कमैया मजदुर प्रथा अन्त्य गर्न सफलता भए जस्तै बालश्रम र बेचविखन कार्य तथ्य परक तथ्यांकको आधारमा अन्त्य गर्न सम्भव रहेको बताए । कार्यक्रमको सहजीकरण बेसका कार्यक्रम निर्देशक पिंकी डाँगी र ब्यवस्थापन रञ्जु शाहीले गरेका थिए ।

 
 
  
 

You may also like