नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिएका छन् । बर्खाको समय शुरु भएसँगै नारायणगढ-मुग्लिन सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ । पहिरो नियन्त्रणका काम भए पनि यस राजमार्गको यात्रा कष्टपूर्ण नै रहँदै आएको छ ।

 
 
  
 

You may also like