देशभर तीन दिनसम्म बर्षा जारी रहने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका धेरै भू-भागमा वर्षा भइरहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार भोलि पनि देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पानी पर्ने क्रम आगामी सोमबारसम्म जारी रहने महाशाखाले जनाएको छ । सोमबार राति भने प्रदेश- १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like