दाजुको कुटाइबाट भाइको गयो ज्यान

५ श्रावण २०७९, बिहीबार

स्याङजा । स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ । गए राति भिरकोट नगरपालिका-३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।

दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया