प्रदेश र संघीय चुनावको मिति साउन पहिलो साता घोषणा गर्ने तयारी

काठमाडौँ । सरकारले आउँदो साउन पहिलो साता प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाका अनुसार सरकार साउन पहिलो साता निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।

कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमबार आयोजना गरेको क्रियाशील सदस्यहरुको भेला तथा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले साउन पहिलो साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा हुने बताएका छन् ।

‘सम्भवतः साउन ४ वा ५ गते बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्छ,’ महामन्त्री थापाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिँदै भने, ‘मंसिर ४ वा ५ गते हुने गरि निर्वाचनको घोषणा हुन्छ।’

उनले निर्वाचन मिति घोषणा पछि नयाँ मतदाता थप्न नपाइने भन्दै मिति घोषणा अगावै नयाँ मतदाताको नाम दर्ताका लागि खटिन कार्यकर्तालाई निर्देशन पनि दिए । निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

 
 
  
 

You may also like