नेपालले आज नामिबियासँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा शुरु नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा आज (सोमबार) नेपालले नामिबियासँग खेल्दैछ ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।

नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंक दूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।
श्रृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल-नामिबियाको खेल दिउँसो सवा तीन बजेदेखि शुरु हुनेछ ।

 
 
  
 

You may also like