ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सुवास बि.सी
बुटवल ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो ।
शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।

विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ ।

ग्लोबल आइएमइ पोखरा २६ विजयपुरमा केन्द्रिय कार्यालय रहि देशका १२२ शाखा मार्फत गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

 
 
  
 

You may also like