कपिलवस्तुमा दुई पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु , कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् । दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like