२०७९ असार २७ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन खिन्न हुने स्थिति आउने छ । अनावश्यक झमेलामा परिएला । यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समयमा होश नपुग्नाले काम रोकिन सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ र आतिथ्यपूर्ण सम्मान पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । छोटो यात्रा गर्ने अवसर मिल्ने छ, तर साँझमा खर्च बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । पुँजीबजारले पनि साथ दिनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । स्वादिष्ट भोजन पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । शैक्षिक कार्य अघि बढ्ने छ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like