२०७९ असार २६ गते आइतबारको तपाईको राशिफल

२०७९ असार २६ गते आइतबारको तपाईको राशिफल
असार शुक्ल एकादशी पञ्चाङ्गः शुभ विष्टि/भद्रा विशाखा , हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)/चतुर्मास व्रत आरम्भ/बकर इद (ईद ऊल जोहा)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउने छ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निणर्य लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आकस्मिक धन लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला साँझमा शुभ समाचार मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनोरञ्जन र साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचार पाइनेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्तसँग भेटघाट हुनेछ । बहुप्रतिक्षित काम प्रारम्भ हुने समय छ । पुँजीबजार / शेयर बजारको लगानीले पनि गति लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like