देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यतदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like