नेपालमा एकै दिन थपिए १०२ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पहिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार ५३९ पीसीआर परीक्षणमा ७२ जना र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दिनहुँजसो कोरोना संक्रमितको संख्या बढ्दो छ ।

 
 
  
 

You may also like