माधव नेपालको दाबी : गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ

बुटवल । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।

आज (शनिबार) बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

‘जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले उहाँ (गिरिजाप्रसाद कोइराला) लाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनु भएको थियो’, उनले भने । उनले कांग्रेससँगको सहकार्य विगतदेखिकै रहेको संकेत गर्दै पाँचदलीय गठबन्धनले आगामी निर्वाचनसम्मै निरन्तरता पाउने बताए ।

 
 
  
 

You may also like