विप्लव समूहले संविधान मान्छौं, हिंसा छाड्यौँ भनेपछि प्रतिबन्ध हट्छ: मन्त्री बाँस्कोटा

by समतल अनलाइन

काठमाडौं । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गोकुल बास्कोटाले विप्लव समूहसँग वार्ताको पहिलो शर्त उनीहरुले हिंसा छाड्नुपर्ने बताए । ‘संविधान मान्छौं, हिंसा छाड्यौँ भनेर आए पुग्छ। कुनै पनि किसिमका वक्तव्यको औचित्य छैन’, बास्कोटाले भने, ‘छद्मभेषी कुराको पछि सरकार लाग्दैन। जाँतो घुमाए जस्तो प्रतिबन्ध हटाऊ, पक्राउलाई रिहा गर्न भनिरहनु पर्दैन, हिंसा छाडे हुन्छ।’

मन्त्री बास्कोटाले विप्लव समूहले संविधान भित्र आउँछौँ भन्ने ग्यारेन्टी गरेमा वार्ता हुने जानकारी दिए। ‘शान्तिपूर्ण गतिविधि गर्छौँ, हिंसा छाड्छौँ भनेपछि प्रतिबन्ध हट्छ, सबै बन्दी रिहा हुन्छन्’, उनले भने, ‘हिंसाका लागि नेपालमा अब कहीँ स्थान छैन। वक्तव्य जारी गरेर हिंसा छाड्यौँ, शान्ति रौज्यौँ भने पुग्छ।’

मन्त्री बाँस्कोटाले हिंसा छाड्ने हो भने प्रतिबन्ध हटाइराख्नु नपर्ने समेत बताए।

 
 
  
 

You may also like