तिलोत्तमा प्रिमियर लिग : उपाधि ज्ञानोदयलाई

by समतल अनलाइन

बाबुराम गैरे
बुटवल । सिद्धान्त राज शाही र कमल ओलीको उत्कष्ट बलिङ्गसंगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलेत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधी चुमेको हो । उपाधीसंगै ज्ञानोदयले नगद ४ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता बनेको मणिग्राम किंगस्ले नगद २ लाखमा चित्त बुझाएको छ । फाईनलमा भिड्ने दुबै टिम लिग चरणबाट समुह बिजेता बन्दै फाईनलसम्म आएका टिम हुन ।

जितका लागि पाएको ८८ रनको झिनो लक्ष्य ज्ञानोदयले ९ दशमलव १ ओभरमा पुरा गरेको थियो ।

सिद्धान्त राज शाही र कमल ओलीको कडा बलिङ्ग सामु घुडा टेक्दै मणिग्राम किङसका ब्याटसम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
मणिग्रामलाई सस्तैमा समेट्नका लागि ज्ञानोदयका सिद्धान्त राज शाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडन सहित ६ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएका थिए ।

टिमका लागि उत्कृष्ट खेल्ने कमल ओली र सिद्धान्त शाही

टिमका लागि जितेन्द्र शाहनीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएका थिएभने दिवान पुन र प्रतिस जिसीले समान १/१ विकेट लिएका थिए ।

ब्याटिङ्गतर्फ ज्ञानोदयका शंकर रानाले २८ बलमा सर्बाधिक नट आउट ४० रनको योगदान गरे । त्यस्तै देव खनालले ३३ रनको पारि खेले ।
प्रतियोगितामा सिद्धार्थराज साहीले म्यान अफ द म्याचको उपाधी जिते भने कमल ओली मष्ट भ्यालुएवल खेलाडी बने ।

प्रतियोगितामा सियारी राइनोज सबैभन्दा अनुशासित टिम बन्न सफल भएको छ भने प्रतियोगितामा ज्ञानोदय गोल्डस्का शंकर रानाले म्यान अफ द सिरिज र बेष्ट ब्याटस्म्यानको उपाधी जिते । त्यस्तै ज्ञानोदकै प्रतिष जिसि बेष्ट बलर बने । यसैगरि रुपन्देही पल्टन्स्का बिराट भण्डारी उदियमान खेलाडि बनेका छन ।

त्यस्तै बुटवल युनाइटेडका कुशल मल्ल सबैभन्दा बढि छक्का प्रहार गर्ने खेलाडीको उपाधी जिते । उनले प्रतियोगिताभर १३ छक्का प्रहार गरेका थिए ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब अर्यालको प्रमुख आतिथ्यता, उापाध्यक्ष लोकनेश ढेंगाको स्वागत र राजेन्द्र केसीको संचालनमा समापन समारोह सम्पन्न भएको छ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा गत असोज २५ गते शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like