कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ४९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like