विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालका विनोद चौधरी कति नम्बरमा ?

काठमाडौँ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्बपतिको संख्या २,७८१ छ । जुन गत वर्षको भन्दा १४१ जना बढी हो । फोर्ब्सका अनुसार विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका नै पहिलो स्थानमा छ ।

अमेरिकामा अर्बपतिको संख्या ८१३ छ । यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४७३ जना छन् । अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ । जहाँ अहिले २ सय जना अर्बपति छन् । यसैबीच अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १७६४ औं स्थानमा परेका छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ । गत वर्ष चौधरी १६४७औँ स्थानमा थिए ।

 
 
  
 

You may also like