होटल महाबिर प्यालेस संचालमा, करीब दस करोड लागानी थप

काठमाण्डौ।कोभिडको कारण बन्द भएको चार तारे होटल प्लाटिनम नयाँ व्यवस्थापनका साथ महाविर प्यालेसका नाममा सञ्चालनमा आएको छ। बन्द रहेको प्लाटिनम होटललाई करिव १० करोड रुपैयाँ लगानी थप गरेर नया ब्यावस्थापनकासाथ नारायण पौडेलको समूहले महाविर प्यालेसका नामबाट सञ्चालन ल्याएकोे हो।

काठमाडौंको सोल्टी मोडमा रहेको प्लाटिनम होटल कोभिड पछि बन्द अवस्थामा रहेको थियो। प्लाटिनम होटल नारायण पौडेल लगाएतको समूहले किनेको हो। होटलका सबै कोठाहरुको रिनोभेसन गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएको महाविर प्यालेसका सञ्चालक नारायण पौडेलले बताए।

प्लाटिनमका लगानीकर्ताबाट पौडेल नेतृत्वको समूहले खरिद गरी होटललाई महाविर प्यालेसमा रुपान्तरण गरेका हुन। होटलको रिनोभेसन गरेर नयाँ डेकोरेसन गरेका छौं,’ पौडेलले भने, करिव १० करोड लगानी थप गरी सञ्चालन गरेका छौं।’ होटलमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आरामदायी बसाइका लागि विशेष ध्यान दिएको पौडेलले बताए।

होटलमा १४ वटा डिलक्स, ३२ वटा सुपर डिलक्स, १४ प्रिमियम, २ वटा स्विट रुम रहेका छन। होटलले ओपनिङको अवसरमा विशेष छुट समेत दिएको जनाएको छ। होटमा एक रातको न्यूनतम ४५ सय रुपैयाँ देखि १४ हजार रुपैयाँ सम्मका कोठा रहेका छन। ओपनिङको अफरमा ४० प्रतिशत छुट समेत दिएकोे होटल व्यवस्थापनले जनाएको छ।

होटलमा विभिन्न प्रकारका सुविधाहरु रहेका छन। होटलमा पाहुनाका लागि आवश्यकता अनुसार ज्याकुजी, लक्जरी स्पा, ड्राई र स्टिम साउना, हेल्थ क्लब, जिम, हेयर सैलुन रहेको छ। करिव दुई हजार स्क्वायर फिटमा जिमहल रहेको छ। होटलमा विहान ११ बजेदेखि बेलुका ११ बजेसम्म बार सञ्चालन हुने होटलले जनाएको छ। होटलमा आउने अपांग, गर्भवती महिलाई विशेष केयरको व्यवस्था समेत रहेको होटलका संचालक नारायण पौडेलले बताए ।

पाहुनालाई अर्गानिक नेपाली खाना खुवाउछौं,’ पौडेलले भने, हाम्रो खानाको गुणस्तर राम्रो छ। ’ आत्मीय आथित्य सत्कारलाई प्राथमिकता दिएको उनले बताए।

हेटलमा अर्गानिक तरकारी, मार्र्सी चामल, लोकल भालेको मासुको सहीतको नेपाली खानाका परिकारका साथै चाईनिज, ईण्डियन तथा कण्टिनेन्टल खानाको व्यवस्था गरेको उनले बताए। होटलमा ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन। होटलमा मिनि क्यासिनो पनि रहेको छ।

 
 
  
 

You may also like