अर्थमन्त्री प्रकरण : ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानविन समिति बन्ने भएको भएको छ ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका हुन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ ।

संसदीय छानबिन समितिमा संसदको सबैभन्दा ठूलो दल एमालेका चार जना, नेपाली कांग्रेस र नेकपा माओवादीका दुई-दुई जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना रहने जनाइएको छ । दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

 
 
  
 

You may also like