प्रधानमन्त्रीले अर्थ मन्त्रालय आफै सम्हाल्ने

काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्ने भएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने गरी तोकेको जनाएको छ ।

शर्मा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका थिए । माओवादीले शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने तयारी गरेको छ । बुधबार संसद् भवन बाहिर माओवादी नेता वर्षमान पुनले आरोप पुष्टि नभए फेरि शर्मा नै अर्थमन्त्री बन्ने बताएका थिए । आजै शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि दबावमा परेका शर्माले आज अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानविनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

 
 
  
 

You may also like