स्वास्थ्य परीक्षणकाे लागि प्रधानमन्त्री ओली आज सिंगापुर जानुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाँदै हुनुहुन्छ । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लाग्नु भएको हो ।

फाइल तस्वीर
सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उहाँ स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहुनु हुनेछ ।

मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनु भएकोउ छ । विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गर्नुभएको थियो ।

 
 
  
 

You may also like