आजको राशिफल : साउन १८ गते, शनिबार

वि.सं.२०७६ साल साउन १८ गते । शनिबार । इस्वी सन् २०१९ अगस्ट ०३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्ल पक्ष । तिथि तृतीया,५० घडी ४१ पला ,रातको ०१ बजेर ४४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मघा,१२ घडी १२ पला,बिहान १० बजेर २१ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग वरियान,१५ घडी ०९ पला,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त परिधि । करण तैतिल,दिउसो ०२ बजेर ५९ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा पद्य योग । चन्द्र राशि सिंह । काठमाडौँमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महसुस हुनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाइमा पछि परिनेछ । गलत कामहरू भुलेर पनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना हुने समय रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा वा आमा सँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिनेछैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरूभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आँटिला तथा पराक्रमी क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठूलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमा सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनी सँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ भने विलासी बस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुटकारा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

–ज्योतिषी गणेश काफ्ले ।

 
 
  
 

You may also like