३ दिने रणनीतिक याेजना निर्माण कार्यशाला सम्पन्न

बुटवल। बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेकाे सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ दिने रणनीतिक याेजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेकाे छ।

वाणगंगा ३,राजापानी कपिलवस्तुकाे रिसाेर्ट 3S मा सम्पन्न कार्यक्रममा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति,सल्लाहकार समिति,विभिन्न उपसमिति र कर्मचारीहरु गरि ३१ जनाकाे सहभागीता रहेकाे थियाे।२०७९ असार १०देखि शुरु भएकाे कार्यक्रम असार १२ गते समापन भएकाे थियाे।

कार्यक्रममा सहजीकरण रुपन्देही जिल्ला सहकारी संघका काेषाध्यक्ष तथा जिवीका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दामाेदर पंगेनीले गर्नुभएकाे थियाे।

सहभागी सबै सदस्यहरुले विभिन्न समूह बनाई व्यापक छलफल गरि,सहकारी स्थापना भएदेखि हालसम्म र अब ३ बर्षभित्र यस सहकारी संस्थालाई सक्षम,दिगाे,प्रतिस्पधी,भरपर्दो बनाउन सबै सदस्यहरु कटिबद्ध रहने छन।
संस्थाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले यस्ता रणनीतिक याेजना पश्चात् सहकारी अझै द्रुतगतिमा अघि बढ्ने छ,यसकाे प्रत्यक्ष लाभ यस सहकारीका सबै सदस्यहरुले प्राप्त गर्नेछन,बताउनुभयाे।

 
 
  
 

You may also like