नव नियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) नियुक्त गरेका मन्त्रीहरूको शपथ आज (सोमबार) हुँदैछ । आइतबार देउवाले काँग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गरेका थिए ।
नव नियुक्त मन्त्रीहरूको शपथ आज (सोमबार) बिहान गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका छन् ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

 
 
  
 

You may also like