मन्त्री आलेको स्वमूल्याङ्कन : ९० प्रतिशत सफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू कामबाट ९० प्रतिशत सफल भएको भन्दै सन्तुष्टी व्यक्त गरेका छन् । उनले आफू रहेको भन्दै राजीनामा दिएका छन् ।

एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरे ।

पार्टीले फिर्ता बोलाउने निणर्य गरेपछि सबैभन्दा पहिले राजीनामा दिएका मन्त्री आलेले आफू प्रक्रिया भन्दा एक्सनमा काम गर्ने राजनीतिक कार्यकर्ता भएको बताए । आफ्नो स्वभावसँग एकाकार हुँदै साथ दिएका कर्मचारीलाई धन्यवाद भनेका आलेले प्रधानमन्त्री शेरबहादुर देउवाघलाई धन्यवाद दिएका छन् ।

 
 
  
 

You may also like