मन्त्रालयले विदा गर्दा रामकुमारी झाँक्री भावुक, आँखाभरी आँशु

काठमाडौं । शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनको शुरुमै उनी रोएकी हुन् ।

उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँशु पुछेकी थिइन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँशु देखिएको थियो ।

 
 
  
 

You may also like