अमेरिकाबाट आयो २२ लाख मात्रा फाइजर खोप, असार ९ देखि बालबालिकालाई लगाइने

५ असार २०७९, आईतवार

काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ । थापाका अनुसार वागमती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया