सैनामैना नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य, पुर्वाधार, कृषि र शिक्षा विशेष प्रथामिकता

सैनामैना , रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालकाले ”सैनामैना समृद्धको आधार : उत्पादन, पर्यटन र पुर्वाधार ” भन्ने नारा सहित १०१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
एघारौं नगर सभामा नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस बर्ष स्वास्थ्य पुर्वाधार, कृषि र शिक्षालाई विशेष प्रथामिकता दिदैँ नीति तथा कार्यक्रम ल्याएको उल्लेख छ ।

यस्तो छ सैनामैनाको नीति तथा कार्यक्रम, हेर्नुहोस् (पुर्ण पाठ सहित)

सामाजिक विकास तर्फ

नेपालको संविधान,२०७२ ले प्रदान गरेको नागरिककको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई प्रत्याभूत गर्न स्वास्थ्य सेवा तथा संस्थाहरुलाई सवलिकरण गरिनेछ । यसका लागि नगरपालिकाका तीन वटा स्वास्थ्य चौकी, एक वटा सहरी स्वास्थ्य सेवा केन्द्र र छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाईनेपाल सरकारबाट तोकिएका थप औषधी र स्वास्थ्य सेवालाई निशुल्क प्रदान,सैनामैना नगरपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा भइसकेकोले यसलाइ निरन्तरता दिन आवश्यक प्रबन्ध मिलाईने भएको छ ।
पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी मुर्गियामा विशेषज्ञ स्वास्थ्य सेवा,अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैया क्षमताको आधारभूतअस्पताल निर्माण कार्य भईरहेको हुँदा उक्त निर्माण कार्य तिव्रताका साथ सम्पन्न गर्ने र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न गरी सेवाप्रवाह गर्ने व्यवस्था मिलाईने,सैनामैना नगरपालिका भित्रका जेष्ठनागरिक तथा अपाङ्गता भएका नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने व्यवस्था मिलाईनुका साथै अपाङ्गता भएकाव्यक्ति, ७० वर्ष माथिका ज्येष्ठ नागरिक,गर्भवति तथा सुत्केरी महिला, अति विपन्न गरिव परिवारका व्यक्तिहरुलाई स्वास्थ्य सेवा लिनका लागि रुपन्देही जिल्ला भित्रका अन्य स्वास्थ्य संस्थामा जानुपर्ने भएमा निःशुल्क एम्वुलेन्स सेवाको व्यवस्था मिलाइनेछ ।

यस्तै, क्यान्सर, मुटुरोग, मृगौला रोग, गम्भिर चोटपटक लागायका विभिन्न स्वास्थ्य समस्या भएर आर्थिक अभावमा स्वास्थ्य संस्थामा जान नसकेका विपन्न नगरवासीलाई नजिकको अस्पतालसम्म पुगेर उपचार गराउन आवश्यक प्रवन्ध मिलाईनेछ । पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नका लागि तीन वटा स्वास्थ्य संस्थामा निःशुल्क नियमित पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग गर्ने कार्यको शुरुवात गरिनेछ ।
सैनामैना ११ वनकट्टीमा निर्माण भएको सर्पदंश उपचार केन्द्र सन्चालन गर्न आवश्यक व्यवस्था मिलाईने,जनावरको टोकाईबाट लाग्ने रेविज रोगकोरोकथामका लागि पर्रोहा स्वास्थ्य चौकीमा संन्चालित एन्टी रेविज भ्याक्सिन लगाउने कार्यलाई थप व्यवस्थित गरिन,सैनामैनाका तीन वटै स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला सेवालाई गुणस्तरीय र थप प्रभावकारी बनाउदै लगिने छ ।संघीय सरकारको सहकार्यमा सैनामैना नगरपालिकाको वडा नं. १० बनकट्टिमा ट्रमा सेन्टरको निर्माण कार्य प्रारम्भ गरिने छ ।

थारु समुदायमा मात्र हुने सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचार गर्न गरीव तथा विपन्न परिवारको लागि आवश्यक सहयोग गरिनेछ। सुत्केरी आमा तथा शिशुको स्वास्थ्य प्रति संवेदनशिल रहदै सुत्केरी आमा तथा नवजात शिशुको पोषणका लागि आवश्यक व्यवस्था मिलाईनेछ ।फोहारमैलाको दीर्घकालिन व्यवस्थापनको लागि सैनामैना नगरपालिका वडा नं. १० स्थित एकला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँ पालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहारमैला प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गा भोगाधिकार लिई निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि वढाइनेछ ।सम्पूर्ण नगरवासीलाई सफा, स्वच्छ र गुणस्तरीय खानेपानी उपलव्ध गराउन संघीय र प्रदेश सरकारको समन्वयमा पाइपलाईन विस्तार र ओभरहेड टयाँङकी निर्माणको कार्यलाई निरन्तरता दिईनेछ ।

नगरपालिकालाई पूर्ण सरसफाई कायम गर्न आ–आफ्नो टोलमा सरसफाई गर्न टोल विकास संस्थालाई परिचालन गरिनेछ ।सरसफाईमा उत्कृष्ट टोलविकास संस्थालाई उचित पुरस्कारको व्यवस्था मिलाईनेछ ।मनो सामाजिक परामर्शका कार्यक्रम संचालन गरी नगर भित्रहुने मनोसामाजिक बिकृतिहरूलाइ न्यूनिकरण गर्ने नीति लिइनेछ ।प्राथमिक तहका सबै बालबालिकालाई विद्यालयमा तयार गरिएको निशुल्क, स्वच्छ र स्वास्थ्य वर्धक खाजाका लागि संघीय सरकारवाट प्राप्त हुनेबजेटमा थप गरी गुणस्तरीय खाजाको व्यवस्था मिलाईनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क उपलब्ध गराउदै आएको सेनेटरी प्याड सेवालाई संस्थागत विद्यालयका छात्राहरुलाई समेत निःशुल्क उपलब्ध गराउन शुरुवात गरिने छ । वौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई पठनपाठन गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।

बालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने,आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने,विद्यार्थी प्रतिभा पहिचान गरी उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहन गरिने,प्राविधिक कक्षा र विज्ञान विषय संचलन भएका विद्यालय तथा अनौपचारिक महिला विद्यालयलाई व्यवस्थित रुपले संचालन गर्न प्रोत्साहन गर्ने नीति लिईनेछ ।
स्वास्थ्यका लागि खेलकूल राष्ट्रका लागि खेलकूद अभियानलाई सार्थक बनाउन नगरस्तरीय खेलकूद समितिद्वारा नगर भित्र संचालन हुने सबै किसिमका खेलहरुलाई एकद्वार प्रणालीवाट संचालन गरिने छ । नगर भित्रका युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मेयरकप संचालनल गरिने छ । साथै,बिद्यालयका विद्यार्थीहरु सहभागी हुने नगरस्तरीय खेल सप्ताहलाई निरन्तरता दिइनेछ ।

महिलाहरुको मूलप्रवाहीकरण, समावेशीकरण तथा सशक्तीकरणका लागि उनीहरुको सीप तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिई पिछडिएका विपन्न एकल तथा बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउने नीति लिईनेछ । नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन बालक्लवको क्षमता विकास तथा सम्बर्धनका साथै बालविवाह विरुद्धको कार्यक्रम सञ्चालन गरिनेछ ।
नगर भित्रका अपाङ्ग परिचय पत्र प्राप्त नगरेका नागरिकलाई परिचय पत्र वितरणलाई निरन्तरता दिईनेछ । अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास कार्यक्रम सन्चालन गरी स्वरोजगार वनाउने तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

मानव बेचविखन विरुद्धको दिवस,अपाङ्ग दिवस, ज्येष्ठ नागरिक दिवस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तराष्ट्रिय महिला श्रमिक दिवसका साथै विभिन्न दिवसीय कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
संगठन, बचत र सीप विकासको माध्यमबाट गरिबी न्युनिकरण गर्ने उद्धेश्यले सैनामैना नगरपालिकामा सञ्चालित स्थानीय विकास कोष कार्यक्रम समताको नीति अबलम्बन गरी समुदायमा पिछडिएका व्यक्तिहरुको सामाजिक, आर्थिक शसक्तिकरणमा टेवा पुर्याउन सामुदायिक संस्थाका सदस्यहरुलाई विभिन्न जनचेतनामुलक, क्षमतामुलक र आयमुलक कार्यक्रम सञ्चालन गरी स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गरिनुको साथै वडा नं१० र ११ मा सामुदायिक संस्था गठन कार्यलाई निरन्तरता दिइनेछ ।नगरभित्रका पछाडि परेका महिलाहरुलाई उद्ममी तथा गतिशिल वनाउन नियमित सन्चालन भैरहेको महिलासंग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिईने,बालवालिकाको सामाजिक, वौद्धिक तथा संवेगात्मक र नैतिक विकासका लागि नगर प्रमुखसँग बालबालिका कार्यक्रमको थालनी गरिनेछ ।समाजमा विकृतिको रुपमा फैलिरहेको लागु पदार्थ दुर्व्यसनी नियन्त्रणको लागि आवश्यक कार्यक्रमहरु सन्चालन गरिनुको साथै लागु पदार्थ, लागु औषधी,मदिरा उत्पादन, वितरण र उपभोगमा कानून वमोजिम कडा नियन्त्रण कार्यक्रम समावेश गरिएको छ ।

आर्थिक विकास तर्फ
राष्ट्रिय भूमि आयोगको नीति अनुरुप नगरपालिकाभित्र रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन भई निवेदनहरु प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेकोले उक्त कार्य सम्पन्न भएपश्चात राष्ट्रिय भूमि आयोगले पहिचान र प्रमाणिकरण गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको घरजग्गा नापजाँचर नक्सा तयार गरि जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने व्यवस्था मिलाईनेछ ।
विभिन्न उन्नत जातका विउविजन र फलफूलका विरुवा अनुदानमा वितरणलाई निरन्तरता दिईनेछ । बालीमा लाग्ने विभिन्न किरा तथा रोग व्यवस्थापन तथा निवारण गर्नको लागि किटनाशक तथा ढुसीनाशक विषादी वितरण तथा वाली उपचार शिविर संचालन गरिनेछ । मसला वाली तथा आलुवाली उत्पादन गर्ने कृषकहरुलाई वीउ भण्डारणको लागि ढुवानी खर्च तथा कोल्ड स्टोर शुल्कमा अनुदानको व्यवस्था गरिनेछ ।
कृषि पाठशाला तथा अनुसरण कार्यक्रम संचालन गरिने,माटोमा खाद्यतत्व व्यवस्थापनको लागि माटो जाँच तथा ढैंचाको वीउ वितरण गरिने,खेती प्रणालीमा लागत कम गर्नको लागि प्लाष्टिक रोल वितरण गरिने,माहुरी पालन व्यावसायमा सहयोग पुर्याउनको लागि रानी तथा घारको वितरणलाई निरन्तरता दिईनेछ ।

साना व्यावसायिक कृषकहरुलाई उत्पादन वृद्धि गर्ने उद्देश्यले विभिन्न वालीमा मागमा आधारित कार्यक्रम संचालन गरिने छ । कृषिमा लागत कम गर्न कृषि यान्त्रिकरण र साना सिंचाई वितरण कार्यक्रममा दिईदै आएको अनुदानलाई थप गर्ने नीति लिईनेछ । कृषकहरुलाई वाली विशेष तालिमको व्यवस्था गरिनेछ । व्यावसायिक फूल खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गरिनेछ । कृषिमा व्यावसायिकरण गर्ने उत्कृष्ठ कृषकहरु पहिचान गरी प्रोत्साहनदकार्यक्रम संचालन गरिनेछ ।
उन्नत सुधार कार्यक्रम र दूधमा लागत कम गर्नका लागि हिउँदे, वर्षे, वहुबर्षीय घाँसको बीउ, सेट्स ÷स्लिप तथा डाले घाँसको बिरुवा बितरण कार्यलाई निरन्तरता दिईने,पशु स्वास्थ्य कार्यक्रममा उपचार, प्रयोगशाला, खोप सेवाहरुलाई प्रथामिकता दिईनेछ ।

साझेदारीमा युवा लक्षित कृषि ब्यवसायिक प्रबर्धन गोठ, खोर,माछा पोखरी निमार्ण तथा मर्मत कार्यक्रमलाई निरन्तरता दिनुका साथै पशुपालनमा लागत न्युनिकरण गर्नको लागि यान्त्रीकरणमा बिशेष जोड दिइनेछ ।पशुपंक्षी तथा माछापालन सम्बन्धी तालिम र पशुपक्षीं बिमा कार्यक्रमलाई निरन्तरता दिईने, मासु र दुध उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम सन्चालन गरिनेछ । बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) बिकास कार्यक्रम र गरीब, बिपन्न परिवार पोषण कार्यक्रम लागु गरिनेछ ।बाझोपन भएका पशुहरुलाई धुम्ती शिबिर मार्फत उपचार गर्नेनीतिलाई निरन्तरता दिईने, नगरपालिका भित्र रहेका छाडा चौपायहरु व्यवस्थापन गर्न सार्वजनिक नीजि साझेदारीमा आधारित कार्यक्रममा नगरपालिकाले सहयोग गर्ने नीति लिईने गरिवी न्यूनीकरण तथा रोजगारीका अवसरमा बृद्धि गर्न रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ । श्रमसम्बन्धलाई प्राथमिकता दिदै सार्वजानिक पूर्वाधार निर्माण, कृषि, अन्य व्यवसाय, उद्योग र वित्तीय क्षेत्रबाट रोजगारीको सिर्जना गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम १०० दिनको रोजगारी प्रत्याभुत गर्न कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरी श्रममुलक योजना मार्फत समुदायको विकाससंगै सामाजिक संरक्षणको व्यवस्थामिलाईनेछ ।संघ तथा प्रदेशले संचालन गर्ने रोजगारमुलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ । दक्ष तथा सक्षम जनशक्तिको विकास गर्न र आन्तरिक रोजगारीको प्रवर्धन गर्न आवश्यक सिपमुलक तालिम पहिचान गरी बेरोजगार व्यक्तिहरुलाई सिपमुलक तालिम मार्फत रोजगार वनाउने नीति लिईनेछ ।नगरपालिका स्तरीय योजनाहरुमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारहरुलाई प्राथमिकतामा राखी आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी क्षेत्रसँग सहकार्य र समन्वयमा जोड दिईनेछ ।

पूर्वाधार विकास तर्फ

नगर भित्र रहेका पार्क, उद्यान लगायतका हरित क्षेत्रलाई व्यवस्थित, सफा र सुन्दर बनाउने कार्यलाई प्राथमिकतामा राखिनेछ ।घढ. सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन हुने योजना तथा कार्यक्रमलाई सुचीकरण गर्न खोज अनुसन्धान गरी बजेटको लागि संघ, प्रदेश रनगरपालिकाको सहलगानीमा सुचारु गर्ने नीति लिइनेछ ।नगर भित्र निर्माण हुने क र ख बर्गका भवन र १५ घुर माथि क्षेत्रफलमा बन्ने सबै बर्गका भवनहरुमा बर्षादको पानी सोझै ढल वा नालीमा नमिसाई पुनर्भरणका निम्ति सोक पिट वा रेन वाटर हार्भेष्टिङ्गको प्रविधि अपनाई जमिन मुनि पठाउने व्यवस्था अवलम्वन गरिनेछ ।शहरी सौन्दर्य र हराभरा नगर बनाउन एक घर दुई विरुवाको अवधारणा लाई निरन्तरता दिईनेछ ।सुरक्षित वस्तीका लागि हरित नदी क्षेत्र विकास गर्न नदीको छेउ तथा उकास भएको जमिनमा वायो ईन्जिनियरिङ्ग प्रविधि अपनाई वृक्षरोपण गर्ने नीति लिईनेछ ।भवन संहिता अनुसार भवन निर्माण गर्न यस नगरमा रहेका डकर्मीहरुलाई आवश्यक तालिम प्रदान गर्ने र पुनर्ताजगी तालिमको व्यवस्थालाई निरन्तरता दिईने छ ।

आयोजनाहरुमा गरिने निर्माण कार्यको गुणस्तरीयता परीक्षण गर्न प्रयोगशाला स्थापना गरिनेछ। नगर भित्रका मुख्य सडकहरु मुर्गिया–लुम्बिनी सडक, कलौनी– लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी– ढोरपाटन सडक जस्ता ठूला सडकहरुमा वातावरणीय रुपमा सुन्दरताका निम्ति ग्रीनबेल्ट निर्माण गर्न सुगन्धित सदाबहार फुल्ने विरुवा र फलफुलका विरुवा रोप्ने कार्यको थालनी गरिनेछ ।
संघ, प्रदेश र नगरपालिकाको सहलगानीमा ठूला तथा महत्वपूर्ण आयोजनाहरुमा बजेटको सुनिश्चित गरी निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।नगरभित्र रहेका दाहसंस्कार घाटहरुको उचित व्यवस्थापन, स्तरउन्नती तथा मर्मत र संरक्षण गर्न विशेष योजना सन्चालन गरिनेछ ।

यस नगरमा बसोबास गर्ने थारु समुदाय लगाएतका अन्य आदिवासी समुदायहरुको भाषा, संस्कृति जगेर्ना गर्ने र ऐतिहासिक भड्छा महोत्सवलाई निरन्तरता दिईनेछ ।चुरे क्षेत्रको संरक्षण तथा संवर्धन गर्न नगरपालिका, सामुदायिक वन र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सहकार्यमा चुरे पहाडको फेदमा तारजाली गर्ने र भिरालो जमिनमा बाँस, निगालो, अम्रिसो, केतुकी लगायतका बिरूवा रोप्ने कार्यलाई निरन्नतरता दिइनेछ ।
विस्तारै घट्दै गएको भूमिगत पानीको सतह पुनर्भरण गरी माथि ल्याउन तथा पर्यावरण संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीति लिइनेछ । ऐतिहासिक महत्वका पोखरीको समेत विस्तार गरी पर्यटकीय प्रवर्धन गरिनेछ र ठुला पोखरीमा फिसिङ् स्टेसन राखिनेछ । विकेन्द्रिकरणको सिद्धान्त अनुरुप वडावासीलाई सम्वोधन हुने गरी वडामा दिईने पूजिगत अनुदानलाई वृद्धि गर्ने नीति लिईने छ । स्वस्थ नागरिक, स्वस्थ नगर भन्ने नीतिलाई अंगिकार गरी खुला व्यायमशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

नेपाल सरकारबाट गरिव तथा विपन्न नागरिकको परिचयपत्र प्राप्त नगरवासीलाई लक्षित गरी गरीव संग नगर प्रमुख जिविकोपार्जन कार्यक्रमको थालनी गरिनेछ।सैनामैना ११ जर्लैया स्थित राजापानी सिमसार क्षेत्र र सैनामैना ४ लेडुवा सिमसार क्षेत्र आसपास सामुहिक माछापालन गरी पर्यटकीय एवं पर्यावरणीय प्रवर्धन गर्दै स्थानीयको आयस्रोत वृद्धि गर्ने नीति लिइनेछ ।खुला संग्रालयको रुपमा रहेको सैनामैना क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा संरक्षण एवं सो क्षेत्रको प्रवर्धन गर्ने नीति लिइनेछ ।सदियौ देखि बसोवास गदैं आएका अति इमान्दार र सरल स्वभावका धनि आदिवासी थारु समुदायहरुको विधमान आधारभूत आवश्यकता मध्ये सडक र ढल निकास लगायतका समस्याहरु हालसम्म यथावत रही सोबाट उपेक्षित एवं वञ्चित रही संवन्धित निकायमा समेत आवाज पुग्न नसकी यि समुदायको पहिचान, संस्कृति र संस्कारलाई समेत असर नपर्ने गरि थारु जातीको बाहुल्यता रहेको यस नगरपालिकाको वडा नं. १ को पर्रोहा गाउँ, वडा नं. ५ पोखरभिडवा गाउँ र वडा नं. ११ को ताली र बिचौवापुर गाउँमा रहेका सडकहरुको दायाँवायाँ वृक्षारोपण सहित ढल निकास, कालोपत्रेको सट्टा टायल विछयाउने, वत्ती जडान गर्ने र वातावरण सन्तुलन कायम गर्ने कार्यमा समेत टेवा पुग्ने भएकोले विकासको प्रतिफलबाट अत्यन्त पछाडि परेको उक्त समुदायलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभूति दिलाउन पहिलो चरणमा वातावरण मैत्री उज्यालो नमूना गाउँ बनाउने नीति लिइएको छ ।

नेपाल सरकार र लुम्बिनी प्रदेशको सहलगानीमा वडा नं घ मा अवस्थित लामीरह वहुउद्देश्यीय वाँध वहुवर्षिय ठेक्का व्यवस्थापन गरी निर्माण गर्ने व्यवस्था मिलाईने छ ।प्रदेश सरकारको सहकार्यमा वडा नं.१ मा प्रदेशस्तरको ज्येष्ठ नागरिक ग्राम र वडा नं. ९ मा यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टर वहुवर्षिय योजनाको रुपमा निर्माण गर्ने व्यवस्था मिलाईनेछ ।संघीय सरकार र नगरपालिकाको सहकार्यमा पर्रोहा पर्मेश्वर वोलवमधाम मन्दिर निर्माण कार्य सम्पन्न गरी पर्यटकिय धार्मिकस्थलको रुपमा विकास गरिनेछ ।नगरभित्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पादाहरुको संरक्षण गरी पर्यटन पर्वद्धन गर्न थप पुर्वाधार निर्माण गर्ने नीति लिईनेछ ।संघ, प्रदेश र नगरपालिको सझेदारीमा निर्माणाधिन औधोगिक ग्राम, गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मुर्गियास्थित राष्ट्रिय फुटवल रङ्गशाला, वोलवम पार्क पूर्वाधार विकास, मुर्गियास्थित चिस्यान भण्डार, वडा कार्यालय निर्माण जस्ता वहुवर्षिय योजनाहरुको निर्माण कार्यलाई निरन्तरता दिईनुको साथै वडा नं. ढ र १० को वडा कार्यालय भवन निर्माण कार्य शुरुवात गरिनेछ ।

एसियाली विकास वैंकको सहयोगमा सैनामैना चक्रपथको सालझण्डी खण्ड सहित ११ वटा नगरका रणनैतिक सडक, राजापानी र पानवारी सिमसार क्षेत्र, मलमला क्षेत्र एकिकृत विकास आयोजना, फोहरमैला व्यवस्थापन केन्द्र, मुर्गिया स्थित दुर्गा मन्दिर शैलपुत्री पार्क जस्ता रणनैतिक महत्वका योजनाहरु कार्यन्वयन गर्ने व्यवस्था मिलाईनेछ ।नगरपालिकाको प्रशासनिक भवन परिसरको अधुरो निर्माण कार्यलाई प्राथमिकता साथ सम्पन्न गरिनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ
विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौ भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझैं प्रभावकारी वनाइनेछ । नगर विपद् प्रतिकार्य योजना वनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था, स्थानीय क्लव र रेडक्रससँग समन्वय र सहकार्यमा विपद् न्यूनिकरण एवं व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।बढ्दो विपद्जन्य जोखिम न्यूनीकरणका लागि विद्यालयका शिक्षक र विद्यार्थीलाई भवन मापदण्ड तथा सडक सुरक्षा उपायहरु सहित ट्राफिक शिक्षा अभिमुखिकरणको व्यवस्था मिलाइनेछ ।राष्ट्रिय राजनीतिमा अमूल्य योगदान पु¥याउने व्यक्तित्वहरुको स्मृति दिवसको अवसरमा नगरपालिका र सामुदायिक वनको सहकार्यमा सघन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधिहरुलाई प्रोत्साहित गरिनेछ । जलवायु अनुकूलित विकासका कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रवर्धन गर्ने नीति लिइएको छ ।सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका र सुद्धोधन गाउँपालिकाको संयुक्त प्रयास र सहकार्यमा अन्तर स्थानीय तह विपद् व्यवस्थापन तथा वारुणयन्त्र सञ्चालन समिति गठन गरी वारुणयन्त्र सञ्चालनमा ल्याइएको छ । अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्रको सवलिकरण र विस्तार गरिनेछ । जलवायु अनुकूलन, बैकल्पिक उर्जा तथा विपद् प्रतिकार्ययोजनाले अँगालेका विषयहरुलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याइनेछ ।

नगरपालिकाबाट खरिद गरिने सवारी साधानहरु वातावरण मैत्री बनाउदै विद्युतिय सवारी साधन खरिद गर्ने कार्यलाइ प्राथमिकता दिइनेछ । विपद् व्यवस्थापन सम्बन्धी कानुन, नीतिहरु तथा कार्ययोजना तयार देखि जोखिम न्यूनीकरणलाई पुर्व तयारी र प्रतिक्रिया एवं विपद् उत्थानशील समाज निर्माण कार्य ग्क्ब्क्ष्म् र नेपाल नगरपालिका संघको साझेदारीमा अघि बढाइनेछ साथै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेका नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस र नेपाल स्काउटसँगको साझेदारीमा आपतकालीन उद्धार टोलीको गठन तथा सञ्चालन गरिनेछ ।जंगली जनावरबाट कृषी क्षेत्रमा हुने क्षेतीको न्युनिकरणाका लागि वन कार्यालय सँग आवश्यक समन्वय गरी कार्यक्रम संचालन गरीनेछ ।

सेवा प्रवाह तथा सुशासन तर्फ
ठघ. घर नक्शा पास प्रणालीलाई सुधार गरी पारदर्शी, वैज्ञानिक र आधुनिक कार्यका लागि इलेक्ट्रोनिक विल्डिङ्ग प्रमिट सिस्टम प्रणाली मार्फत नक्सा पास सेवा प्रवाहलाई घर दैलोसम्म पुर्याउने व्यवस्था मिलाइनेछ र पुराना नक्शाको कार्यलाई निरन्तरता दिईनेछ ।भूकम्प प्रतिरोधी र सुरक्षित घर निर्माण गर्न भवन निर्माण संहिता तथा भवन निर्माण मापदण्डको र पुराना घरको मजवुति बढाउनको लागि रेट्रोफिटिङ सम्बन्धी सूचना तथा जानकारीको लागि संचार माध्यमबाट प्रचारप्रसार गरी जनचेतना अभिबृद्धि गरिनेछ ।नगरपालिकाको सेवा प्रवाहलाइ विकेन्द्रित गरी वडा तह सम्म पुर्र्याउने लक्ष अनुरुप उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरुको सम्झौता सम्बन्धित वडावाटै गर्ने नीति लिईनेछ ।
नगरपालिकाले हालको संवैधानिक तथा कानूनी व्यवस्था अनुसार राजश्व संकलनको दरहरु कायम भइसकेको र थप दायरा निर्धारण गरि त्यसको प्रचार प्रसार गर्न आवश्यक देखिएकोले आगामी वर्षहरुमा राजश्व प्रक्षेपण गर्नुभन्दा पहिले सरोकारवालाहरुसँग प्रयाप्त छलफल तथा परामर्श गरी आर्थिक जीवनमा प्रत्यक्ष असर नपर्ने व्यवस्था मिलाइ करको दर वृद्धि नगरी दायरा फराकिलो वनाइनेछ ।

करदाताले तिर्नुपर्ने कर रकम सम्वन्धी जानकारीउपलव्ध गराउन कर शिक्षा सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्ने नीति लिइनेछ । नगरपालिकामा सूचिकरण भई नगर क्षेत्रभित्र चल्ने अटोरिक्सा र ई–रिक्साहरुलाई विगतमा लकडाउनका कारणले वार्षिक लाग्ने कर छुट नपाएको कारणले नविकरण र वार्षिक कर नआएकोले करको दायरामा ल्याउन आ.व. २०७६।०७७ र २०७७।०७८ को वार्षिक करमा छुटदिने व्यवस्था मिलाईनेछ ।
नगरपालिकाको मतहातमा रहेको वडा नं. ३ मा लाग्ने मुर्गिया सोमवार, बिहीवार र वडा नं. ८ शान्ती टोलमा लाग्ने शुक्रवार साप्ताहिक हाटवजारको हकमा प्राकृतिक विपद् र महामारी आएको खण्डमा साप्ताहिक हाटवजार सञ्चालन हुन नसकेको अवधि भरको दामासाहीका हिसावले आउने ठेक्का रकममा छुटदिने नीति लिइनेछ र वडा न १० स्थित पानवारी हाटबजार आ.व ०७९÷०८० देखि सञ्चालनमा ल्याइनेछ ।

फुस तथा छाप्रोको घरमा जीवन निर्वाह गरी गुजारा गर्ने घरपरिवारहरुलाई सम्पत्तिकर तथा भुमिकर, बहाल विटौरी र पूर्वाधार विकास शुल्कमा छुटदिने नीति लिइनेछ।जुत्ता, चप्पल, छाता सिलाउने, मर्मत गर्ने, बुट पोलिस लगाउने र मकै पोलेर दैनिक जीवन निर्वाह गर्ने पेशा व्यवसायीहरुलाई व्यवसायकर र वैठकी शुल्कमा छुटदिने नीति लिइनेछ।सम्पूर्ण पेशा व्यवसायीहरुलाई करको दायरामा आवद्ध गर्न र राजश्व असुलीमा तिव्रता ल्याउन सवै वडामा सम्बन्धित वडाको वडा अध्यक्षको संयोजकत्वमा राजश्व परिचालन उपसमिति गठन गरिनेछ ।आ.व ०७९÷०८० को पहिलो चौमासिक भित्र व्यवसाय कर, वहाल कर, सम्पत्ति कर, मालपोत तथा भूमिकर, बहाल विटौरी र पूर्वाधार विकास शुल्क एक मुस्ट बुझाएमा निश्चित रकम छुटदिने नीतिलाई निरन्तरता दिईनेछ ।आगामी आ.व. देखी नगरपालिकाबाट गरिने खर्चका भुक्तानीहरु अनलाइन प्रणाली मार्फत गरिनेछ र नगरपालिकाको कर प्रणालीलाई सहज,सुलभ,पारदर्शी र प्रविधिमैत्री बनाई अनलाइन प्रणालीबाट कर चुक्ता गर्ने व्यवस्था मिलाईनेछ । नगरपालिकाबाट जनतालाई प्रदान गरिने सेवाहरु छिटोछरितो, चुस्त, दुरुस्त र प्रभावकारी बनाउन कम्प्युटरकृत सेवा प्रणालीको बिकास गर्दै लगिनेछ ।

नगरपालिका अन्तर्गत रिक्त रहेका कानून बमोजिम करार सेवा लिन मिल्ने पद बाहेकको स्वीकृत दरबन्दिमा स्थायी पदपूर्ति प्रक्रिया अगाढि बढाउने नीति लिइनेछ । हाल सम्म कर्मचारीलाइ प्रदान गर्दै आएको प्रोत्साहन भत्तालाइ पुनरावलोकन गरी वस्तुनिष्ठ र कार्य सम्पादन सूचकमा आधारित बनाउने नीति लिईनेछ ।स्थानीय तहलाई प्राप्त अधिकारहरुको प्रयोग गरी स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याइ विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सेवाप्रवाहलाई सरलिकृत बनाउन अधिकतम सूचना प्रविधिको प्रयोग गरिनेछ ।

न्यायिक समितिमा दर्ता भएका निवेदनहरुको न्यायिक समिति मार्फत सूचिकृत मेलमिलाप सहजकर्ताद्धारा दुबै पक्षलाई मेलमिलापको माध्यमबाट सिघ्रताका साथ न्याय निरुपण गरी दुबै पक्षलाई जितको प्रत्याभूती हुने गरी समयमै विवादको छिनोफानो गरिने,न्यायिक समितिका पदाधिकारी, सूचिकृत मेलमिलाप सहजकर्ता र कर्मचारीहरुलाई समयानुकूल पुनर्ताजगी तथा क्षमता विकास सम्बन्धी तालिम प्रदान गरी सक्षम एवं सवलीकरण गराउने नीति लिइनेछ ।
यस्तै,नगरपालिका कार्यालयमा डिजिटल नागरिक वडापत्र राख्ने कार्यको सुभारम्भ गरिनेछ। सेवाप्रवाहलाई प्रक्रियामूखी नभई परिणामूखी बनाईने,नगरपालिकाको खर्च प्रणालीलाई सरलिकृत गरिनेछ।जनतालाई सरल विधिबाट समयमै सेवा प्रदान गर्ने गरी नगरपालिकाका शाखाहरुको स्पष्टकार्यविवरण बनाई लागु गरिनेछ ।

नगरपालिकाको हरेक क्षेत्रको विकासका लागि नगर प्रोफाइल हुनुपर्ने मान्यता अनुसार डिजिटल स्थानीय सूचना प्रणाली सफ्टवेयर जडान गर्ने र गुगल बेस्ड डिजिटल हाउस नम्बरीङ् कार्यलाई निरन्तरता दिइने,नगरपालिका र अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा सेवा प्रवाहलाई सहज वनाउनका लागि फ्री–वाईफाईको व्यवस्था मिलाईन,नव निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरी नगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न संस्थागत सुदृढिकरण गरिने,नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।यसै गरि पारदर्शिता तथाजवाफदेहिता कायम गरी नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिने,८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता तथा असक्त भएका लाभग्राहीहरुलाई बैंकमार्फत घरमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसंग समन्वय गरी छुट डिजिटाइजेसनलाई पूर्णता दिइनेछ। एम.आइ.एस. सेवा इकाई संचालन कार्यलाइ निरन्तरता दिइ नेपाल सरकार र विश्व बैंक विच भएको सम्झौता बमोजिम सन २०२४ सम्म जन्मदर्ता सतप्रतिशत पुर्र्याउने राज्यको नीतिलाई पूर्ण रुपमा अंगिकार गरिने,नगरपालिका तथा वडा कार्यालयहरुको लागि आवश्यक विद्युतीय उपकरण,फर्निचर लगायतको व्यवस्था मिलाई सुविधा सम्पन्न बनाइनेछ ।नगरपालिकाबाट संचालित कार्यक्रमहरुमा हुने फजुल खर्च घटाइ मितव्ययिता कायम गरिनेछ ।जनतासंग जनप्रतिनिधि,हाम्रो सैनामैना राम्रो सैनामैना जस्ता रेडियो, टेलिभिजन कार्यक्रम,सार्वजनिक सुनुवाइ,सामाजिक परिक्षण तथा सार्वजनिक परिक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिई पारदर्शिता र जवाफदेहीता कायम गरिने,नगरपालिकाको पुर्व पश्चिम राजमार्गको क्षेत्रमा सडक दुर्घटना न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारको सहयोगमा सि.सि. क्यामेरा जडान कार्यलाइ पुर्णता दिइनेछ ।

निर्दिष्ट भू–उपयोग क्षेत्र र भू–उपयोग योजनाको आधारमा भूमी तथा भूमीश्रोतको उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्न नगर स्तरीय भू–उपयोग नक्शा तयार भएकोले स्थानीय भू–उपयोग परिषद बाट पास गरि कार्यान्वयनमा ल्याईनेछ। सरकारी, सार्वजनिक र गुठी जग्गाहरूको पहिचान, नापजाँच,संरक्षण तथा समुचित उपयोगको नीति कार्यान्वयनमा ल्याइनेछ ।नगरको समुचित विकासका लागि भाषा, परम्परा, संस्कृतिको प्रर्वधन तथा पर्यटन प्रर्वधन र अन्य सामाजिक आर्थिक पक्ष समेत आदान प्रदान हुने गरी अन्य राष्ट्रका स्थानीय सरकारहरुसँग नगरको पहिचान तथा विकासलाई अन्तराष्ट्रिय समुदायबीच परिचित गराउन भगिनि सम्बन्ध बिस्तार गर्ने नीति लिइएको छ ।

 
 
  
 

You may also like