अमरपथ दिपावली महोत्सवमा ३० प्रतिशत सम्म विशेष छुट

by समतल अनलाइन

बुटवल । बुटवलमा १२ औं अमरपथ दिपावली महोत्सव हुने भएको छ । यहि कार्तिक ८ गतेदेखि १० गतेसम्म महोत्सवको आयोजना गरिएको अमरपथ टोल ब्यवसायी समितिले जानकारी दिएको छ । आज आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि लियो क्लब अफ तिलोत्तमाको सहकार्यमा मेलाको तयारी भईरहेको बताएको छ ।

३ दिनसम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसँगै कला संस्कृतिलाई संरक्षणको लागि विभिन्न्न कार्यक्रम सञ्चालन गरिने टोल विकास समितिका अध्यक्ष गकुल विश्वकर्माले जानकारी दिए ।
महोत्सवको अवसरमा अमरपथमा रहेका करिब २०० पसलबाट गं्राहकको लागि १५देखि ३० प्रतिशत सम्म विशेष छुटको समेत ब्यवस्था गरिएको उनले बताए ।

महोत्सवमा निःशूल्क प्रवेश रहेको र प्रत्येक दिनको ४ बजेदेखि राती ९ बजेसम्म विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको लियो क्लब अफ तिलोत्तमाका अध्यक्ष राजन कसुजले जानकारी दिए ।

महोत्सवको पहिलोदिन देविका बन्दना र दोश्रो दिन दिपक बज्राचार्ययको विशेष प्रस्तुती रहने उनले बताए । महोत्सवमा नेपाली खानाका विभिन्न परिकार समेत रहने टोल विकास संस्थाका सचिब महेन्द्र भारीले बताए ।

अमपरपथलाई विशेष रुपमा सञ्जावट गरि लुम्बिनी भ्रमण वर्ष सफल बनाउँनको लागि प्रचार प्रसार समेत गरिने आयोजकको भनाई छ ।

 

 
 
  
 

You may also like